राष्ट्र बैंकले ५० रुपैयाँका नयाँ नोट सोमबारबाट बजारमा ल्याउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट सोमबारबाट बजारमा ल्याउने भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक सुचना जारी गर्दै ५० दरका नयाँ नोट बजारमा पठाउने घोषणा गरेको हो । नयाँ नोटमा यस अघिका गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ ।
नयाँ गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका नयाँ नोटहरु भने आगामी कात्तिकबाट बजारमा ल्याउने तयारी गरेको राष्ट्र बैंकको जनाएको छ ।
५० दरका नोटको डिजाइन पहिले बजारमा आएभन्दा फरक नभएको र अगाडिको भागमा सगरमाथाको चित्र, लालीगुँरासको पानी छाप तथा नोटको तल्लो भागको बोर्डरमा नेपालीमा विसं २०७५ लेखिएको छ । अर्को भागमा हिउँ चितुवाको चित्र रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्