बाँकेमा आज थप सात जनामा कोरोना सङ्क्रमण
नेपालगन्ज । बाँकेमा आज थप सात जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा खजुरा गाउँपालिकाका चार जना र कोहलपुर नगरपालिकाका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
नयाँ सङ्क्रमितमा चार जना महिला र तीन जना पुरुष छन् । ती मध्ये ४ बर्षीया बालिका र ९ वर्षीय बालक पनि छन् ।
बाँकेमा अब सङ्क्रमितको सङ्ख्या तीन सय ६३ पुगेको छ । ती मध्ये तीन सय २० जना निको भएर घर फर्किँदा दुई जनाले भने ज्यान गुमाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्