व्यावसायिक बाख्रापालनका लागि अनुदान वितरण
पोखरा । व्यावसायिक बाख्रापालनका लागि पोखरा महानगरपालिकाले अनुदान रकम वितरण गरेको छ ।
पोखरा–२८ का ५० जना कृषकलाई जनही ४० हजारका दरले २० लाख रुपैयाँ वितरण गरेको महानगरपालिकाले जनाएको छ ।
वडा नं. २८ को समन्वयमा स्थानीय व्यावसायिक बाख्रापालन समितिद्वारा आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले सो अनुदान रकम वितरण गर्नुभएको हो ।
कम्तीमा ५ वटा माउ बाख्रासहित १३ वटा बाख्रा भएका कृषकहरूलाई व्यावसायीकतातर्फ उन्मुख गर्न अनुदान रकम वितरण गरिएको पोखरा महानगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्