तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ६२ पुग्यो

सल्यान । कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ६२ पुगेको छ । प्रदेश अस्पताल सुर्खेत पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप २९ जनाको कोरोना पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय सुर्खेतले मङ्गलवार दिउँसो निकालेको प्रेस विज्ञप्तिमा कर्णाली प्रदेशका दुई जिल्ला सुर्खेत र सल्यानका २० र सुदूरपश्चिम प्रदेश अछामका नौ गरी २९ जनामा पीसिआर रिर्पोट पोजेटिभ आएको उल्लेख गरिएको छ ।

थप सङ्क्रमित हुनेमा दार्मा गाउँपालिका १ का ३९ वर्षीय पुरुष, सोही गाउँपालिका वडा न २ का ३६ र ४८ वर्षीय पुरुष, वडा न ३ का ३५ र ३९ वर्षीय पुरुष र वडा न ४ का ३८, ४०, ४० र ५० वर्षीय पुरुष रहेका छन् ।

यस्तै सुर्खेत वीरेन्द्रनगर नगरपालिका १ का १७, १७, १८, २१, २३, ३०, ३२ र ५० वर्षीय पुरुष, सोही नगरपालिका ३ का १४, २७ र ३३ वर्षका पुरुष रहेका छन् ।

यस्तै सुदूरपश्चिम प्रदेश अछाम मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुष, अछामकै मेल्लेख गाउँपालिका ४ का २२, २४, २७, २९, ३५ र ४० वर्षका पुरुष र २७ र ३० वर्षीय महिला रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button