तपाईँ सुन्दै हुनुहुन्छः

आज पूर्वका नौ जिल्ला बन्दको आब्हान

पाँचथर । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।

वन्दको प्रभाव बिहानैबाट परेको छ । परिषदको बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात र बजार ठप्प रहेका छन् ।

प्रेस, कूटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्सबाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार, पसल, कलकारखाना पनि बन्द छन् ।

 

१८३१ साल साउन २२ गते कै दिन लिम्बुवानको तत्कालीन गोर्खासँग भएको नुनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ ।

२०६६ सालदेखि आजको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दै आएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button