थप एक जनामा कोरोना सङ्क्रमणको पुष्टि, सङ्क्रमित सङ्ख्या १२१ पुग्यो
काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना सङ्क्रमणको पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमित संख्या १२१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बि.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको परिक्षणमा एक जनामा नयाँ सङ्क्रमण पुष्टी भएको हो ।
सङ्क्रमित हुनेमा सप्तरी डाक्नेधोरी नगरपालिका वडा नं.३ निवासी १८ बर्षीय परुष रहेका छन् ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवत्ता समिरकुमार अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्