मोटर साईकलको ठक्करबाट पैदल यात्रुको मृत्यु
तुलसीपुर-मोटरसाईकलले ठक्कर दिदा दाङमा एक पैदलयात्रीको मुत्यु भएको प्रहरीले जनाएको छ । गढवा गाउँपालिका वडा नम्वर ५ बाँकीचोक स्थित गढवा कालाकाँटे दामोदर सडक खण्ड अन्र्तगत पुर्वबाट पश्चिम तर्फ आउदै गरेको लु ५ प ५७११ नम्वरको मोटरसाईकलले सोमवार राती साढे आठ बजे ठक्कर दिदा पैदलयात्री सोहि ठाउँको सोेनपुरुवा बस्ने अनजादी ६५ वर्षिय गंगाराम यादवको मुत्यु भएको हो ।
मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका यादवको लमही अस्पतालमा उपचारको क्रममा गएराती नै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्