तपाईँ सुन्दै हुनुहुन्छः

घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

झापा । झापाको शिवसताक्षी नगरपालिकाका जनप्रतिनिधिले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेका छन् ।

लकडाउनका बेला सामाजिक सुरक्षा भत्ता पाउन योग्य वडा बाँसीलाई घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको वडा नं. ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले बताउनुभयो ।

लकडाउनको बेला जागरिमा रहेका छोरा छोरीले घर खर्च पठाउन नपाइरहेको बेला बृद्धबृद्धाले राहत महसुस गरेका छन् । वडाअध्यक्ष लगायतको टोलीले घरैमा आएर भत्ता दिएपछि परिवारको आर्थिक समस्या तत्काललाई समाधन भएको ७९ वर्षीय वृद्ध केदार आचार्यले बताउनुभयो ।

यसअघि सामाजिक सुरक्षा भत्ता सर्वसाधरणले बैंकमा गएर घण्टाँै लाइनमा बसेपछि मात्र पाउने गरेका थिए । प्रत्येक वडामा वडाध्यक्ष लगायतको टिमले घरैमा भत्ता ल्याइदिएपछि वृद्धवृद्धाहरु खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button