भीषण पहिरो जाँदा १० घर भत्किए, दुई जना सम्पर्कबिहीन
दोलखा । गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुको झगडेमा भीषण पहिरो जाँदा १० घर भत्किएका छन्, भने २ जना सम्पर्कबिहीन भएका छन् ।सम्पर्कविहीन हुनेमा सोही ठाउँका ५५ वर्षीय जगतबहादुर खत्री रहेका छन् ।
शुक्रबार राति गएको पहिरोले जुगुमा एकजना सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ । राति गौरीशंकर गाउँपालिकाकै जुगु खोलामा आएको बाढीले यात्रुबहाक बस समेत डुबेको थियो ।यात्रुलाई उद्धार गर्ने क्रममा स्थानीय १६ वर्षीय निशान खड्का सम्पर्कबिहीन भएको इलाका प्रहरी कार्यालय मैनापोखरीका इञ्चार्ज बद्री नेपालीले जानकारी दिनुभयो । १० जना सवार बसका सबै यात्रुलाई इलाका प्रहरी कार्यालय मैनापोखरीले सकुशल उद्धार गरेको छ ।
खोलामा पानीको बहाव बढेकाले आवातजावत बन्द भएको छ । प्रहरी पहिरो गएको स्थानमा पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्