तपाईँ सुन्दै हुनुहुन्छः

फिफाको नयाँ वरियता : एक स्थान तल

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको छ ।

नेपाल वरियताको १७६ औँ स्थानमा पुगेको छ । नेपालले पछिल्लो फिफा विन्डोमा कुनै प्रतिस्पर्धा गरेन । दक्षिण एसियाली वरियतामा नेपाल भन्दामाथि भारत १२६ र माल्दिभ्स १६३औँ स्थानमा छन् । यसैगरी भुटान १८४, बङ्गलादेश १८६, पाकिस्तान १९७ स्थान र श्रीलङ्का २००औँ स्थानमा छन् ।

वरियताको शीर्षस्थानमा अर्जेन्टिना यथावत् छ । यसैगरी फ्रान्स, स्पेन, इङ्गल्यान्ड, ब्राजिल, बेल्जियम छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button