तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु

डोटी । डोटीमा भिरबाट लडेर घाइते भएकी युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जोरायल गाउँपालिका–४ नक्कु बस्ने नारायण सिंह बोहराकी ३४ वर्षीय छोरी रोहिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

आज शुक्रबार मध्यान्ह साँढे १२ बजे भिरबाट लडेर घाइते भएकी बोहराको निसर्ग अस्पताल धनगढी, कैलालीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।

उनी घरदेखि कैलालीको सहजपुर बजार जाने क्रममा सोही ठाउँस्थित पत्थर खानी भिरबाट १०० मिटर तल खसेकी थिइन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button