तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ ।

सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौँ तथा बर्खे अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने घोषणा गर्नुभयो ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले गर्नुभएको निर्णय सभामुख विष्टले आजको बैठकमा पढेर सुनाउनुभएको थियो ।

गत जेठ ११ गतेदेखि यो अधिवेशन सुरु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button