तपाईँ सुन्दै हुनुहुन्छः

पालिका अध्यक्षको अनशनपछि हुलाकी सडक निर्माण सुरु

नवलपरासी,पश्चिम्।हुलाकी सडक निर्माणमा ठेकेदार र सरोकारवाला निकायलाई दबाब दिन पालिका अध्यक्ष नै आमरण अनशन बसेपछि ठेकेदार कम्पनीले सडक निर्माणको काम सुरु गरेको छ ।

बर्षौ सम्म हुलाकी सडक निर्माण कार्य अलपत्र बनेपछि पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव आमरण अनशन बस्नु भएको थियो ।गाउँपालिका अध्यक्ष यादवको नेतृत्वमा सडक निर्माणका लागि विभिन्न स्वरूपका दबाबमूलक कार्यक्रम पछि निर्माणमा अटेर गर्दै आइरहेको ठेकेदार कम्पनी महालक्ष्मी बज्रगुरुले अनशनपछिको चौतर्फी दबाबले अन्ततः काम सुरु गरेको हो ।

तत्काल सडक निर्माणको मागसहित पालिका अध्यक्षको अनशन पछि निर्माण सुरु गर्ने लिखित प्रतिबद्धता मुताविक निर्माणको काम सुरु गरिएको छ ।

“अहिले ठेकेदारले काम सुरु गरेको छ,विकासको मेरुदण्ड नै सडक सञ्जालको सहज पहुँच हो,त्यसैले लिखित प्रतिबद्धता अनुरुप समयमै काम सकिनु पर्छ भन्नेमा हाम्रो जोड रहेको छ,आम नागरिकले यो बाटोका कारण जति पीडा भोगे अब हरेक बिकास निर्माणमा यस्तो अवस्था नआओस्”अध्यक्ष यादवले भन्नुभयो ।सडकको गुणस्तर र कामको प्रगतिमा पालिकाले निरन्तर निगरानी गर्ने उहाँले बताउनु भयो ।

प्रतापपुर गाउँपालिका स्थित गोपिगन्ज देखि बेलाटारी सम्मको झन्डै साढे ६ किलोमिटर हुलाकी सडक ६ बर्ष सम्म निर्माण सम्पन्न हुन नसकेपछि तत्काल काम सुरु गर्नु पर्ने माग सहित प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादव आमरण अनशन बस्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button