तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी युवा परिषद् विकास समितिको बैठक सम्पन्न

दाङ । लुम्बिनी प्रदेश युवा परिषद् विकास समितिको बैठक शुक्रबार सम्पन्न भएको छ ।

मुख्यमन्त्री तथा युवा परिषद् विकास समितिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा सम्पन्न बैठकले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेश युवा परिषद् समितिको प्रस्तावित बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।

चालु आर्थिक वर्षमा युवा परिषद्को लागि एक करोड बजेट विनियोजन गरिएको थियो । सशर्त पुँजीगततर्फ ५९ लाख र कार्यक्रमतर्फ ४१ लखको बजेट स्वीकृत भएको हो । बैठकले युवा परिषद् समितिको हाल बुटवलमा रहेको कार्यालय लुम्बिनी प्रदेशको राजधानी क्षेत्रभित्र स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले युवाहरूलाई उद्यम, सचेतना तथा साइबर सुरक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम केन्द्रित गर्न निर्देशन दिनुभयो ।

बैठकमा युवा परिषद्का उपाध्यक्ष हंसराज खनाल, प्रदेश योजना आयोगका सदस्य भुवन चौधरी, सामाजिक विकास मन्त्रालयका सचिव विनोदकुमार खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कँडेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button