तपाईँ सुन्दै हुनुहुन्छः

मदन भण्डारी रूपान्तरण पुरस्कार यस वर्ष जनगायक रामकृष्ण दुवाललाई प्रदान गरिने

काठमाडौँ I मदन भण्डारी फाउण्डेशनले यसवर्ष मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट रामकृष्ण दुवाललाई सम्मान गर्ने भएको छ ।

मदन भण्डारी फाउण्डेशनको २५ औँ स्थापना दिवसको अवसर पारेर दुवाललाई मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार २०८० प्रदान गरिने फाउण्डेशनका सचिव सन्तोष रावलले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

१ लाख रुपैयाँ नगद सहितको उक्त पुरस्कार प्राप्त गर्ने दुवाल २०३६ सालदेखि प्रजातन्त्र स्थापनाका लागि साङ्गीतिक क्षेत्रबाट जन गायकको रुपमा निरन्तर क्रियाशील रहँदै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button