टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट
काठमाडौँ । आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, कली यादव, किरणकुमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपला शाही, साना प्रविण, प्रतिमा शाह, स्नेहका महरा र सावित्रा धामी छनोटमा परेका छन् ।
त्यस्तै, अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, अलिशाकुमारी यादव, भवानी काती, आरती महतो, पूजा महतो, कुशम गोदार, सीमाना केसी, ज्योत्सनिका मरासिनी, निरु जटी, सारिने थापा, रचना चौधरी र आस्रा पुलामी मगर पहिलो चरणमा छनोटमा भएका छन् ।
टि–ट्वान्टी विश्वकप एसिया छनोट आगामी नोभेम्बरमा युएईमा हुने क्यानले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्