पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो (फोटोफिचर)
काठमाडौँ I साउन महिनाको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ ।
साउन महिना र सोमबार भगवान् शिवसँग जोडिएको मान्यता रहेकाले यस दिन विशेष रुपमा भगवान् शिवको पूजा, आराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ ।
साउनको पहिलो सोमबार आज पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ ।
उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलास्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपतिनाथका चारै ढोका भक्तजनका लागि आज बिहान साढे तीन बजेदेखि नै खुला गरिएका छन् ।
पशुपति क्षेत्रमा आज सुरक्षा व्यवस्था कडा बनाइनुका साथै विभिन्न संस्थाबाट स्वयंसेवक खटाइएको छ । विभिन्न संस्थाले स्वास्थ्य शिविर, निःशुल्क भोजन, लगायतका कक्ष पनि सञ्चालन गरिरहेका छन् ।
तस्विर : मिलन ढुङगाना
प्रतिक्रिया राख्नुहोस्