उपलब्धी हासिल गर्न कठिन: मन्त्री यादव
समीरजंग शाह । उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालको स्वास्थ्य क्षेत्रमा कूल बजेटको कम्तिमा १० प्रतिशत नछुट्याएसम्म अपेक्षित उपलब्धी हासिल गर्न कठिन हुने बताउनुभएको छ ।
मन्त्रालय द्वारा आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा उप–प्रधानमन्त्री यादवले दक्ष जनशक्ति अभाव र अत्याधुनिक प्रयोगशाला अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो ।
उप–प्रधानमन्त्री यादवले हालै बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा चिकित्सक र औषधिको आवश्यक व्यवस्था गरिएको जानकारी पनि दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्