गुल्मीमा पहिरोमा पुरिएकी महिलाको जीवितै उद्धार
गुल्मी । गुल्मीमा अविरल वर्षासँगै पहिरोमा पुरिएकी एक जना महिलाको जीवितै उद्धार गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर– ३ ठाटिपौवा स्थित ४५ की रुपा टमाटालाई जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो ।
टमाटाको ढुङ्गा माटोले बनेको १ तले टिनले छाएको घरमा माथिबाट ढुङ्गा ,माटो सहितको पहिरो आई घर पुर्णरुपमा पुरेको थियो । उहाँलाई स्थानीय र प्रहरीले पहिरोबाट जीवितै उद्धार गरेका छन् । उद्धार पछि उहाँलाई थप उपचारको लागि रिडी प्राथमिक उपचार केन्द्रमा पठाएको प्रहरीले जनाएको छ । उहाँको अवस्था हल्का बोल्न सक्ने मध्यम रहेको छ ।
घटना घटेको समयमा निज एक्लै घरमा रहेको भन्ने बुझिएको छ । हाल घरमा निजको छोरी रहेको र उनी घाँस काट्न गएको भन्ने बुझिएको छ । उनका श्रीमान् १ छोरा भारतमा रहेको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्