एकीकृत समाजवादी महाधिवेशन: बन्द सत्र सुरु
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/07/HRB-KTM-1720240701124521_IMG_9419copy-1024x575.jpg)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्द सत्रमा राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्ताबेजमा छलफल गरिने छ ।
पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्द सत्रमा प्रतिनिधिबिचमा दस्ताबेज माथि छलफल गरिने जानकारी दिनुभयो । महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन् । पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्ने छ ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/07/HRB-KTM-1720240701124719_IMG_9434copy-1-1024x575.jpg)
प्रतिक्रिया राख्नुहोस्