तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशसभामा अगामी आर्थिक वर्षको बजेट माथिको छलफल शुरु

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको अगामी आर्थिक वर्षको बजेट माथिको सामान्य छलफल आजदेखि शुरु भएको छ ।

बजेट माथिको छलफलमा भाग लिँदै जनमत पार्टीका नेता एवं पूर्व कृषि मन्त्री बसन्त कुशवाहाले बजेट प्रत्येक वर्ष आए पनि बजेटको कार्यान्वयन निरासाजनक भएकाले साउन १ गतेबाट नै कार्यान्वयन गर्ने गरी व्यवस्था मिलाउनका लागि आग्रह गर्नुभयो ।

उहाँले विगतका वर्षहरुमा समयमा बजेट परिचालन नभएका कारणले मधेश प्रदेशमा आर्थिकमन्दी निक्कै बढी देखिएको बताउनुभयो । उहाँले विगतका वर्षहरुमा देखिएको विकृति अब दोहोरिन नहुने भन्नुहुँदै समयमा बजेट परिचालन भए त्यसले सकारात्मक असर पार्ने थियो बताउनुभयो ।

नेपाली काँग्रेसका प्रदेशसभाका सदस्य कौशल किशोर रायले बजेटमा विचौलियाको हालीमुहाली देखिनु चिन्ताको विषय भएको भन्नुहुँदै सर्लाहीको एउटा वडामा साढे सात करोड बजेट कसरी गयो भने प्रश्न गर्नुभयो । उहाँले बजेट समयमा नै खर्च गर्न आवश्यक भएकोमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका अर्का प्रदेश सभाका सदस्य श्याम प्रसाद पट्टेलले ५० लाखभन्दा कमको योजना नआउने प्रतिबद्धता मुख्यमन्त्रीले गर पनि १० लाखसम्मको योजना बजेटमा आएको उल्लेख गर्नुहुँदै महेन्द्र नारायण निधिको नाममा विपन्न आवास योजनाको कार्यक्रम किन काटियो भनि प्रश्न गर्नुभयो ।

निर्धारित समयभन्दा ५ घण्टा ढिलो गरि सुरु भएको आजको बैठक ४५ मिनट चलेर भोली ११ः०० बजे बस्ने गरि स्थगित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button