तपाईँ सुन्दै हुनुहुन्छः

निर्माणाधीन जलविद्युत् आयोजनाको ढलान खस्दा २ जना बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक भोटेकोसीस्थित निर्माणाधीन भोटेकोसी १ जलविद्युत आयोजनाको सुरुङ ढलान गर्ने क्रममा ढलान खस्दा २ जना बेपता भएका छन् । घटनास्थलमा घाइते भएका १० जनालाई तत्काल उद्धार गरि उपचारका लागि अस्पताल लगिएको छ ।

बेपत्ता हुनेहरूमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का ३० वर्षीय रामदिन थारु र सोही नगरपालिका वडा न ५ का ३० वर्षीय सुमन थारु रहेका छन् ।

इलेक्ट्रो पावर कम्पनी लिमिटेडले भोटेकोसी गाउँपालिका–४ मा भोटेकोसी १ जलविद्युत आयोजनाले गत साउनबाट निर्माण सुरु गरेको हो । ४० मेगावाट क्षमताको यो विद्युत् आयोजनाको काम ३० प्रतिशत सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button