तपाईँ सुन्दै हुनुहुन्छः

भूकम्प प्रभावित प्रति विद्यार्थीलाई ४ हजार बढीको शैक्षिक सामाग्री वितरण

सल्यान । सल्यान दार्मामा भूकम्प प्रभावित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको आयोजनामा तथा कर्णाली भूकम्प पुर्न लाभ कार्यक्रम अन्तर्गत हङकङ रेडक्रसको आर्थिक सहयोगमा दार्मा गाउँपालिका भूकम्पबाट प्रभावित ५ वटा सामुदायिक विद्यालयका ७ सय ८० जना बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष जुना मल्ल चन्दले प्रति विद्यार्थी रु ४ हजार ३ सय रुपैयाँ बराबरको शैक्षिक सामग्री कीट हस्तान्तरण गर्नुभयो ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले सल्यानको दार्मामा ठुलो सङ्ख्यामा भौतिक क्षति भएसँगै बालबालिका प्रभावित भएका थिए ।

भूकम्पबाट प्रभावित बालबालिकाहरूलाई सामान्य अवस्थामा ल्याउन, शिक्षा स्वास्थ्यमा सकारात्मक सन्देश दिन शैक्षिक सामग्रीहरू वितरण गरिएको रेडक्रस सोसाइटी कर्णाली भूकम्प पुन लाभ कार्यक्रम अधिकृत जगत तामाङले जानकारी दिनुभयो ।

वितरण गरिएको सामानमा सूचना सामाग्री, ज्यामिति बकस १, टिफिन बकस १, बोतल १, कपि १ दर्जन, खेल सामग्री रेनकोट १ सेट, पेन्सिल १ दर्जन र ब्याक १ ओटा गरी प्रति कीट ४ हजार ३ सय रुपैयाँ बराबरको रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button