नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/06/image-29-1024x682.png)
काठमाडौँ।नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिनुभएको छ। उक्त अवसरमा उहाँले विजेता परियारलाई गितार उपहार दिनुभएको थियो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/06/image-27-1024x682.png)
बधाई ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताउनुभयो।
सो अवसरमा प्रधानमन्त्रीले बधाई दिँदै विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गर्नुभयो।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/06/image-28-1024x682.png)
प्रतिक्रिया राख्नुहोस्