दुई दिने आँखा शिविरबाट ७७८ जना लाभान्वित
अछाम । अछामको कमलबजारमा सञ्चालित दुई दिने आँखा शिविरबाट ७७८ जनाले सेवा लिएका छन् ।
नेपाल नेत्र ज्योति संघ तथा गेटा आँखा अस्पतालको सहयोग र कमलबजार नगरपालिका तथा स्वास्थ्य कार्यालय अछामको आयोजनामा हिजो र आज सञ्चालित आँखा शिविरबाट ३८० पुरुष र ३९८ महिलाले सेवा लिएका हुन ।
सेवा लिन आउनुभएका ढकारी गाउँपालिका–६ का नारु कामीले घर आँगनमै आँखा परीक्षणसँगै आँखासम्बन्धी विशेषज्ञ सेवा लिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । यस्तै कमलबजार नगरपालिका–सेराका धौली उखेडाले शिविर बाट सेवा लिन पाएकोमा आयोजक लाई धन्यवाद व्यक्त गर्नुभयो ।
शिविरमा कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, ढकारी र तुर्माखाद गाउँपालिकाका नागरिकले सेवा लिएका छन् । शिविरमा आँखा परिक्षण, चस्मा वितरणसँगै शल्यक्रिया सेवा समेत सञ्चालन गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्