टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु
उदयपुर । मदनभण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका-१ फुलजोरमा टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
मङ्गलवार बिहान सदरमुकाम गाईघाटबाट पूर्व तर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार गाईघाटबाट पूर्व बेल्टार तर्फ जाँदै गरेको प्र १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकलमा सवार रामधुनी नगरपालिका सुनसरी घर भई त्रियुगा नगरपालिका ११ बस्ने ३० वर्षका रविन श्रेष्ठ र त्रियुगा नगरपालिका-३ चाँप बस्ने २४ बर्षकी हिरा राईलाई विपरीत दिशाबाट आएको प्र १–०२– ००१ ख ८५१४ टिपरले ठक्कर दिँदा दुवै जनाको घटना स्थलमै मृत्यु भएको हो।
ठक्कर दिने टिपर र सवारी चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्