माओवादी केन्द्रद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
बाँके । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलका नेता जोगबहादुर महरा र प्रमुख सचेतक ईन्द्रजीत चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद्लाई गराउनुभएको हो ।
लुम्बिनी प्रदेशसभामा सभामुखसहित माओवादी केन्द्रका ११ जना सांसद हुनुहुन्छ ।
केन्द्रमा सत्ता समीकरणमा भएको फेरबदल भएसँगै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई जना मन्त्रीलाई पदमुक्त गर्नुभएको थियो ।
मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रबाट प्रदेशको अर्थमन्त्री रहनुभएका धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसी ‘नमुना’ लाई पदमुक्त गर्नुभएको हो ।
माओवादी केन्द्रले सुदूरपश्चिम र गण्डकी प्रदेशमा पनि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्