तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य 

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्नुभएको हो । 

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राति १२ बजेबाट लागू हुने गरी हिउँदे अधिवेशन अन्त्य गरिएको हो । 

माघ १८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनमा १७ वटा बैठक बसेको छ भने ४ विधेयक र २ अध्यादेश पास भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button