बारामा ७ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती
बारा । बारामा कृषकहरूले आर्थिक बर्ष २०७९/८० मा विभिन्न जातका कुल ७ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाभरि नै आलु खेती हुने गरेको हुँदा खास गरि हर्दिया, गोलागंज, उचिडिह, देवापुर, भगवानपुर, मटियर्वा, बरियापुरमा आलु खेती पाकेट क्षेत्रको रुपमा गर्ने गरेको ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।
यहाँको आलु काठमाडौँ, पोखरा, नारायणघाट, विराटनगर, बिरगंज लगायतका ठुला शहरमा बिक्री हुने गरेको किसानहरू बताउँछन् ।
गत वर्षको तुलनामा यस बर्ष कृषकहरूले ३० हेक्टर क्षेत्रफलमा बढी आलु उत्पादन गरेका छन् ।
गत बर्ष २०७८/७९ सालमा कृषकहरूले ४ हजार ४ सय २० हेक्टर क्षेत्रफलमा आलु खेती गरि प्रति हेक्टर १६ मेट्रिक टनको दरले २ अर्ब ३७ करोड ४४ लाख बराबरको १ लाख १८ हजार ७ सय ३० मेट्रिकटन आलु उत्पादन भएको ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत राजनारायण साहले जानकारी दिनुभयो ।
उत्पादित आलु कलैया बजारमा रु ५० देखि ६० रुपैयाँ किलोमा बिक्री वितरण भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्