तपाईँ सुन्दै हुनुहुन्छः

नवलपरासी-२ मा कांग्रेसका कार्की विजयी

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की विजयी हुनुभएको छ ।

विसं २०४८ देखि नेकपा (एमाले) ले जित्दै आएको क्षेत्र नं २ मा एमालेका उम्मेदवार तिलक महतसँग दुई हजार २१ मतान्तरले कार्की विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार कार्कीका पक्षमा ३६ हजार एक सय चार मत प्राप्त हुँदा नेकपा (एमाले)का तिलक महतले ३४ हजार ८३ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button