नवौँ राष्ट्रिय खेलकुदका लागि मधेश प्रदेशबाट कुस्तीका १५ खेलाडी छनौट
जनकपुरधाम । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा सहभागी हुन कुस्तीका लागि मधेस प्रदेशबाट पाँच महिलासहित १५ खेलाडी छनौट भएका छन् ।
जनकपुरधामको कभर्ड हलमा भएको फाइनल खेलमा विभिन्न तौल समूहमा ११ जना खेलाडी छनौट भएका छन् । छनौट हुनेमा ५७ केजीमा बाराका अमरेन्द्र यादव, ६१ केजीमा अमरेश कुमार यादव, ६५ केजीमा अर्जुन कुमार साह, ७४ केजीमा मुक्तार आलम, ७९ केजीमा बुनिलाल राउत र १२५ केजीमा राज यादव रहेका छन् ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/09/kusti-1024x576.png)
यस्तै ७० केजीमा पर्साका मनोज यादव, ८६ केजीमा लाल बहादुर यादव, ९२ केजीमा अवधेश यादव र ९७ केजीमा राजेश यादव छनौट भएका छन् ।
यस्तै महिलातर्फ पाँच तौल समूहमा पाँच खेलाडी छनौट भएका छन् । छनौट हुनेमा ५० केजी तौल समूहमा बाराकी गीता यादव, ५३ केजी समूहमा पर्साकी मधुकुमारी, ५५ केजीमा बाराकी प्रमीला, ५७ केजीमा बाराकै किरण यादव र ६२ केजीमा पर्साकी निलम कुमारी छन् ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2022/09/306588029_663170671843638_845108269224262461_n-1024x474.jpg)
भदौ २ गतेदेखि प्रतियोगिताको छनौट चरण सुरु भएको थियो ।
भलिबलको खेलाडीहरूको पनि छनौट कभर्ड हल क्षेत्रमा रहेको खेल मैदानमा भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्