तपाईँ सुन्दै हुनुहुन्छः

कवाडी सङ्कलन केन्द्रलाई शहर बाहिर सार्न  पोखरा महानगरको ३५ दिने अल्टिमेटम 

पोखरा महानगरपालिकाकाे कार्यालय

कास्की । डेंगु फैलाउन सहयोगी देखिएको भन्दै पोखरा महानगरपालिकाले कवाडी सङ्कलन केन्द्रहरूलाई मुख्य सहरी आवास क्षेत्रभन्दा ५ सय मिटर बाहिर सार्न ३५ दिने अल्टिमेटम दिएको छ ।

महानगरले शुक्रबार जारी गरेको सूचनाअनुसार डेंगुलगायत अन्य महामारी फैलन कवाडी सङ्कलन केन्द्रहरू कारक रहेको महानगरको ठहर छ ।

यसअघि कवाडी सङ्कलन गर्ने व्यवसायी र त्यस्ता केन्द्र सञ्चालन गर्न दिने जग्गाधनीका बीचमा जे जस्तो सम्झौता भएको भएपनि जारी सूचनाअनुसार संशोधन गर्नुपर्ने महानगरले जनाएको छ ।

जारी सूचना अनुसार सम्झौताको म्याद कायम रहेकै भएपनी कवाडी सङ्कलन केन्द्रले हस्तान्तरित हुनुपर्नेछ । त्यस्ता व्यवसायलाई  मुख्य आवासीय क्षेत्रबाट हटाउन महानगरले जग्गाधनी समक्ष पनि अनुरोध गरेको छ । 

त्यस्तो नगरेको अवस्थामा कवाडी सङ्कलन केन्द्र सञ्चालक र जग्गाधनी दुबैलाई कारबाही हुने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button