तपाईँ सुन्दै हुनुहुन्छः

चोरीको मोटरसाइकलसहित चार जना पक्राउ

मकवानपुर – मकवानपुर प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेका चार जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरेर चोरीको मोटरसाईकलसहित चोरीमा संलग्न चार जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीले कोल्बी नगरपालिका–९ का १८ बर्षीय निरन्जन चौधरी, रौतहट गजुरा नगरपालिका–४ का २२ बर्षीय राजकपुर चौधरी, गजुरा नगरपालिका– ४ भई बारा निजगढ बस्ने ३१ बर्षीय ज्ञानेन्द्र चौधरी र बारा कोल्वी नगरपालिका–६ पर्सौनीका २२ बर्षीय धिरज चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरीले निरन्जनको साथबाट प्रदेश नम्बर ३–०३००१० प ४९५९ नम्बरको २२० सी.सीको रातो पल्सर, राजकपुरको साथबाट कालो रंगको २२० सी.सीको नयाँ (अन टेष्ट) पल्सर र ज्ञानेन्द्र र धिरजको साथबाट सेतो रंगको प्रदेश नम्बर २–०३००२ प ५९४७ नम्बरको बुलेट मोटरसाइकल बरामद गरेको छ । उनीहरुलाई मोटरसाइकल चोरी गर्दै ल्याउने क्रममा हेटौंडाका विभिन्न स्थानबाट मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

पक्राउ परेकामध्ये ज्ञानेन्द्र यसअघि जिल्ला अदालत मकवानपुरबाट मोटरसाइकल चोरी मुद्धामा धरौटीमा छुटेको पटके चोर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । पक्राउ परेका चारै जना बिरुद्ध चोरी कसुरमा थप अनुसन्धान तथा कारबाही भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले साँढे ५ किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट साँढे ५ किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा निजगढ नगरपालिका–१२ बस्ने ३२ वर्षीय वीर बहादुर तितुङले र सोही ठाउँ बस्ने २७ वर्षीय राजकुमार तितुङ रहेको प्रहरीले जानएको छ ।

ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा ५७ प २३८३ नम्बरको मोटरसाइकलमा सुरक्षाजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुको साथबाट लागूऔषध बरामद भएको प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो । नियन्त्रण लिईएका उनीहरूमाथि थप अनुसन्धान भईरहेको सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button