धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर राईद्वारा शपथ ग्रहण
सुनसरी । धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले शपथ ग्रहण गर्नुभएको छ ।
जिल्ला निर्वाचन अधिकृत समेत रहनुभएका सुनसरी जिल्ला १ नम्बर न्यायाधीश कैलाश सुवेदीसमक्ष नव निर्वाचित मेयर राईले शपथ ग्रहण गर्नुभएको हो ।
शपथ ग्रहणसँगै उहाँलाई जिल्ला निर्वाचन कार्यालय सुनसरीले प्रमाणपत्र समेत प्रदान गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्