बंगलादेशका राष्ट्रपति हमिद र प्रधानमन्त्री ओलीबीच भेटवार्ता जारी
काठमाण्डौ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले शिष्टाचार भेटवार्ता गरिरहनुभएको छ ।
यसअघि राष्ट्रपति हमिदसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । नेपालको चारदिने भ्रमणमा आउनु भएका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक आज भेटवार्तामा व्यस्त हुनुभएको छ ।
बुधबार बिहान नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति हमिदसँग भेटवार्ता गर्नुभएको छ ।
भेटवार्ताका लागि प्रचण्ड राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा जानुभएको थियो ।
अध्यक्ष प्रचण्डभन्दा अगाडि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले हमिदलाई भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुईपक्षिय हितका विषयमा कुरा भएको छ ।
तस्विर : प्रचण्डकाे फेसबुकबाट
प्रतिक्रिया राख्नुहोस्