तपाईँ सुन्दै हुनुहुन्छः

बंगलादेश र भारतबीचको तीन खेलको टी–२० सिरिजको उपाधि भारतलाई

काठमाडौं। बंगलादेशलाई पराजित गर्दै टी–२० क्रिकेट सिरिजको शृंखला भारतले जितेको छ ।

आइतबार राति भएको अन्तिम तथा तेस्रो खेलमा भारतले बंगलादेशलाई ३० रनले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

भारतले दिएको १७५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १९.२ ओभरमा सबै विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन सक्यो ।

बंगलादेशका लागि मोहम्मद नाइमले ८१ रन बनाएपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा हार ब्यहोरेको हो । त्यस्तै, मोहम्मद मिथुनले २७ रन बनाएका थिए ।

बलिङतर्फ भारतका दिपक चाहारले विश्व रेकर्ड राख्दै ६ विकेट लिए । उनले ३.२ ओभरमा सात रन मात्रै खर्चिएर ६ विकेट लिए । यो अहिलेसम्मकै टी–२० क्रिकेटमा सबैभन्दा उत्कृष्ट बलिङ हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७४ रन बनाएको थियो । भारतको लागि श्रेयस ऐयरले ६६ र केएल राहुलले ५२ रन बनाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button