खेलकुदमा नयाँ युगको सुरुवात गर्ने सदस्य सचिव घिसिङको सङ्कल्प
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्य सचिव टङ्कलाल घिसिङले नेपाली खेलकुदमा नयाँ युगको सुरुवात गर्ने सङ्कल्प गर्नुभएको छ ।
युवा तथा खेलकुद मन्त्रालयमा मङ्गलवार सदस्य सचिवको शपथ लिएपछि बोल्दै घिसिङले खेलकुदमा नयाँ युगको सुरुवात गर्ने सङ्कल्प गर्नुभयो ।
सदस्य सचिव घिसिङले राष्ट्रिय टिमको सुधारमा जोड दिने तथा अन्तर्राष्ट्रिय एरिनामा नेपाल पहिलो हुन नसकेको बारेमा ध्यान दिएर काम गर्न आवश्यक रहेको बताउनुभयो ।
मङ्गलवार युवा तथा खेलकुद मन्त्रालयको सभा हलमा आयोजित कार्यक्रमबिच घिसिङले शपथ लिनुभएको थियो । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले घिसिङलाई शपथ खुवाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्