देशभर थप ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु
काठमाडौँ । आज देशभर थप ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
८ हजार ९ सय ९ वटा नमुनाको पिसिआर तथा एन्टीजेन परीक्षण गर्दा ३ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज २ सय ९८ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप तीन जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय १६ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्