तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा माछापालन तर्फ यूवाहरुको आकर्षण

रोशन तिवारी । पर्वतमा माछापालन तर्फ यूवाहरुको आकर्षण बढेको छ । माछाको बजारमा माग बढ्दै गएपछि पर्वतको कुश्माका दुई यूवाले ५ करोड लगानी गरेर वायो फलक्स प्रविधि अपनाएर माछापालन शुरु गरेका छन् ।

कुश्मा नगरपालिका २ अर्मादीमा स्थानीय लालवहादुर हरिजन र दुर्गा पौडेलले माछापालन शुरु गरेका हुन् ।

व्यवसायिक तरकारी खेती गर्दै आएका दुई यूवाले माछापालनमा लगानी गरेका हुन् । पर्वत र बागलुङमा ८ वटा विक्री कक्ष सञ्चालन गरिएको छ ।

म्याग्दी र पोखरामा पनि विक्री केन्द्र सञ्चालन गर्ने योजना रहेको माछापालक कृषक लालबहादुर हरिजनले बताउनुभयो ।

वार्षिक ६० लाख रुपैयाँ आम्दानी हुने लक्ष्यका साथ फर्म शुरु भएको हरिजनले जानकारी दिनुभयो ।

फर्मले पहिलो लटमा १ लाख माछाका भुरा पाल्न शुरु गरेको छ । पहिलो पटक पोखरीमा भुरा राखेको ३ महिना भयो । ८ महिनामा विक्री गर्न योग्य हुने हरिजनले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button