तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा–नेपालगन्ज सिधा हवाई उडान सुरु

पोखरा । पोखरा–नेपालगन्ज सिधा हवाई  उडान  सेवा सुरु भएको  छ ।  बुद्ध एयरले आजदेखि पोखरा–नेपालगन्ज सिधा हवाई उडान सेवा सुरु गरेको हो ।  

सातामा आइतबार, बुधवार र शुक्रवार गरी  ३ दिन नियमित उडान हुने बुद्ध एयरले जनाएको छ । 

एकतर्फी उडानको समय ३५ मिनेट रहेको छ। भाडा दर भने ७ हजार ६ सय ३५, ५ हजार ५ सय ३५ र सस्तोमा ४ हजार ९ सय ३५ रुपैयाँ रहेको छ। 

गण्डकी प्रदेशको राजधानी पोखरा नेपालगन्जसँग सिधा हवाई उडानले जोडिएपछि आन्तरिक र बाह्य पर्यटक बढ्ने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button