तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीका दुई जवान घाइते

पाँचथर  । पाँचथरको सदरमुकाम फिदिम नगरपालिका ४ मेची राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीको हिमशिखर गुल्ममा कार्यरत दुई जना जवान घाइते भएका छन् ।

आज मध्यान्ह फिदिम नगरपालिका-४ जोरसालदेखि फिदिमसम्म आउने क्रममा आफैले चलाएको मोटरसाइकल दुर्घटनामा परी मोरङको रतुवामाइ ८ घर भएका राजु प्रसाईँ र उदयपुर घर भएका चेतन राउत घाइते भएका हुन ।

प्रदेश ०१–०३ ००१ –२११९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

घाइतेमध्ये मोटरसाइकल चालक प्रसाईँको अवस्था केही जटिल देखिएकाले थप उपचारका लागि अन्यत्र पठाइएको र  घाइते राउतको पाँचथर अस्पतालमा सामान्य उपचार पश्चात् डिस्चार्ज भएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button