तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा अबदेखि बिद्युत् आपूर्ति नियमित हुने प्राधिकरणको भनाई

पाल्पा । पाल्पामा अबदेखि बिद्युत् आपूर्ति नियमित हुने नेपाल बिद्युत् प्राधिकरणले जनाएको छ । गल्याङ्बाट वैकल्पिक प्रसारण लाइन जडान गरिएकोले समस्या समाधान प्राधिकरणले जनाउको हो ।

बुटवलबाट पाल्पा आउने प्रसारण लाइन पुरानो जीर्ण र भौगोलिक रुपमा विकट भएका कारण सधैँ विद्युत्को मर्कामा परेका उपभोक्तालाई राहत दिन वैकल्पिक लाइन जडान गरिएको प्राधिकरणका कार्यालय प्रमुख सुशील पौडेलले जानकारी दिनुभयो ।

उहाँले वैकल्पिक लाइन व्यवस्था भएसँगै वर्षात वा हिउँद निरन्तर हुने विद्युत् आपूर्ति नरोकिने बताउनुभयो । भौगोलिक विकटताका साथै जीर्ण संरचनाका कारण पटक पटक विद्युत् आपूर्ति रोकिने गर्दा आजित भएका जनतालाई जहिले पनि बुटवलबाट गएको भन्नुपर्ने अवस्था पनि अन्त्य भएको विद्युत् कार्यालय पाल्पाले जनाएको छ ।

लामो जङ्गल क्षेत्रबाट तार ल्याउनुपर्ने हुँदा पाल्पामा विद्युत् समस्या हुँदै गएको थियो । अब गल्याङ्बाट लाइन जोडिएपछि त्यो समस्या समाधान हुने विश्वास कार्यालयले गरेको छ ।

गल्याङ् बुटवल लाइनमार्फत लाइन पाल्पामा ल्याउल प्रदेश सांसद नारायणप्रसाद आचार्य र प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेसहित जिल्लाका सांसद तथा जनप्रतिनिधिहरूको सकारात्मक भूमिकालाई प्रमुख पौडेलले धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी पाण्डेले वैकल्पिक तथा गुणस्तरीय विधुत पाल्पाली उपभोक्ताले उपभोग गर्ने दशकौँ देखिको चाहना पुरा भएको प्रदेश सांसद पुरनमान ब्रज्रचार्यले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बिद्युत् लाइन तत्कालका लागि जोडि सेवा उपभोग सुरु भए पनि यसको दिगो प्रयोगका विषयमा जिल्लाका नेतृत्वकर्ता सहज भएर लाग्नुपर्ने बताउनुभयो ।

गल्याँगदेखि लाइन आएसँगै लामो समयसम्म अन्धकारमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको नेकपा एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button