तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली बजारमा ओरालो लाग्दै सुनचाँदी

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ७० हजार रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

साताको पहिलो दिन हिजो आइतबार ७० हजार २ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैंयाले घटेको हो । त्यस्तै तेजाबी सुन प्रतितोला ६९ हजार ७ सय रुपैंयाले कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ४० रुपैंयाले कारोबार भैरहेको महासंघले जनाएको छ ।

चाँदी आइतबारको तुलनमामा २० रुपैंयाले घटेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button