तपाईँ सुन्दै हुनुहुन्छः

देशमा लगानीको वातावरण बन्दै गएको छ : अर्थमन्त्री खतिवडा

पोखरा– अर्थमन्त्री डा. यूवराज खतिवडाले नेपालमा लगानीको वातावरण बन्दै गएको बताउनुभएको छ । आज पोखरा उद्योग वाणिज्य संघको ६५औँ अधिवेशनको उद्घाटन गर्दै मन्त्री खतिवडाले लगानीको वातावरण बन्दै गएकाले निजि क्षेत्रलाई ढुक्कका साथ लगानी गर्न समेत आव्हान गर्नुभयो ।

उहाँले सरकारले उद्योगमा लगानी गर्नेहरुको लागि विभिन्न किसिमको छुट समेत प्रदान गरेको बताउनुभयो ।

अर्थ मन्त्री खतिवडाले उद्योग व्यवसाय गर्ने तर करछली गर्न खोज्ने जोकोेहीलाई पनि राज्यले नछोड्ने बताउनुभयो । राजस्व चुहावट र अपचलनमा कसुरदार ठहरिएको व्यक्तिलाई आर्थिक रुपमा मात्र दण्डित गरेर नपुग्ने भन्दै जेल सजाय पनि अनिवार्य गर्नुपरेको बताउनुभयो ।

मन्त्री खतिवडाले राजस्व चुहावट अथवा अपचलन बदनियत राखी नै गरिने भएको हुदा यस्तो काम लाई दुरुत्साहन हुने गरी नै एक दिन भएपनि जेल जानुपर्ने व्यवस्था गर्न लागिएको बताउनुभयो ।

गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्योग बिना रोजगारी सिर्जना तथा समृद्धि प्राप्त गर्न नसकिने भन्दै प्रदेश सरकारले एक स्थानिय तहमा एक औद्योगिक ग्रामको निति लिएको बताउनुभयो । उहाँले ८५ वटा स्थानिय तह मध्ये ४० वटा स्थानिय तहमा औद्योगिक ग्रामको लागि जग्गा छनौट भएको बताउदै यो बर्ष १९ वटा औद्योगिक ग्रामको काम थालिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button