दाङमा दश जना डेंगु रोगको संक्रमण
घोराही – दाङमा १० जनामा डेंगु रोगको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले भदौ ४ गतेदेखि हालसम्मद श जनामा डेंगु रोगको संक्रमित फेला परेको जनाएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय दाङका डेंगु रोग फोकलपर्सन कमल चन्दले जिल्लाका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र बबई गाउँपालिकामा डेंगु रोगका संक्रमित फेला परेको जानकारी दिनुभएको छ ।
चन्दका अनुसार घोराहीमा ५, तुलसीपुरमा ३ र बबईमा २ जनामा डेंगुको संक्रमण देखिएको हो । जिल्लाका विभिन्न नीजि अस्पतालमा स्वास्थ्य जाँचका लागि आएका बिरामीमा डेंगुको संक्रमण देखिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्