तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर युवकको मृत्यु

बाँके । बाँकेको खजुरा गाउँपालिका–६, मनकामनाका २६ वर्षीय आलमदार खाँको करेन्ट लागेर मृत्यु भएको छ।

खाँलाई शनिबार साँझ घरमा विवाहको लागि टेन्टको बत्ती जोड्ने क्रममा करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका खाँलाई तत्काल उपचारका लागि सुशील कोइराला क्यान्सर प्रखर अस्पताल, खजुरा पुर्‍याइएको थियो। आइतबार चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा करेन्ट जोड्न सावधानी नअपनाउँदा घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button