तपाईँ सुन्दै हुनुहुन्छः

खो खो सङ्घद्वारा नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलका लागि टोली घोषणा

काठमाडौँ । नेपाल खो खो सङ्घले नेपाल र भारतबीच हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष/महिला टोलीको घोषणा गरेको छ ।

कीर्तिपुरको नयाँ बजारस्थित कभर्ड हलमा खो खो सङ्घले आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको खो खो सङ्घले जनाएको छ ।

पुरुष/महिला दुवैमा समान १५–१५ खेलाडीको अन्तिम छनोट गरिएको खो खो संघका कार्यवाहक अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिनुभयो । दुवै समूहमा समान १०–१० वैकल्पिक खेलाडी पनि सार्वजनिक गरिएको छ ।

मैत्रीपूर्ण प्रतियोगिता असोज २१ र २२ गते हुनेछ । भारतको पनि राष्ट्रिय टिमको सहभागिता रहने कार्यवाहक अध्यक्ष शाहीले जानकारी दिनुभयो । पुरुष/महिलामा समान ४–४ खेल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button