तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्र एक्लै चुनाव लड्छ : अध्यक्ष दाहाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ । त्यसकारण एक्लै लड्छौँ र जित्छौँ भन्ने आधार देशभरि घुमेर देखेको छु”, उहाँले भन्नुभयो । फरक प्रसङ्गमा उहाँले बाढी पहिरोजस्ता विपद्मा सबै एक हुनुपर्ने बताउनुभयो । उहाँले राजनैतिक दल, सरकार र सामाजिक सङ्घसंस्थाहरू एक भएर पुनः निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “सरकारले उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा गर्नुपर्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button