तपाईँ सुन्दै हुनुहुन्छः

‘सहकारी रकम अपचलन प्रकरण छानबिन विशेष समितिको प्रतिवेदनलाई कार्यान्वयनमा लैजानुपर्छ’

धनगढी । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सहकारी रकम अपचलन प्रकरणमा सरकारले संसदीय छानविन विशेष समितिको प्रतिवेदनलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.महतले विशेष समितिको सिफारिसअनुसार सहकारीको रकम अपचलन गर्नेमाथि सरकारले कानुनी कारबाही अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले सहकारी प्रकरणमा गोर्खा मिडियाका सञ्चालक (रवि लामिछानेसहित चार जना)को संलग्नता रहेको ठहरसहित समितिले प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरेको उल्लेख गर्नुभयो ।

उच्च समझदारीका साथ काँग्रेस र एमालेको सत्ता गठबन्धन अघि बढिरहेको उल्लेख गर्नुहुँदै प्रवक्ता डा.महतले दुई दलको सत्ता समीकरण पूरै अवधि चल्ने बताउनुभयो । संविधान संशोधन, सुशासन, विकास र अर्थतन्त्रलाई गतिशीलता दिने गरि वर्तमान सरकार गठन भएको उहाँले बताउनुभयो ।

पत्रकारको जिज्ञासामा प्रवक्ता डा.महतले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रक्रियामा जाँदा ढिलाइ भएको बताउनुभयो । उहाँले काँग्रेसलाई थप सशक्त बनाउदै २०८४ मा एकल बहुमत ल्याउने गरि एक महिने अभियान थालनी गरिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button