तपाईँ सुन्दै हुनुहुन्छः

मेडिकलमा सुई लगाए लगत्तै टीकापुरमा महिलाको मृत्यु

टीकापुर कैलाली । कैलालीको टीकापुरस्थित एल.एन मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु भएको छ । हिजो साँझ ६ बजेतिर उपचारका लागि मेडिकल पुगेकी जोशीपुर गाउँपालिका वडा नं. १ पिपरकोटीकी ६८ वर्षीया सञ्चुरिया चौधरीको सुई लगाए लगत्तै मृत्यु भएको हो । 

टाइफाइडको उपचारका लागि मेडिकल गएकी सञ्चुरियालाई मेडिकल सञ्चालक हरि चौधरीले सुई लगाए लगत्तै मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । बिरामीको मृत्यु भएसँगै सञ्चालक चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । 

घटना लगत्तै हिजो साँझ नै सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रमुख अधिकारीले बताउनु भयो । मृतक सञ्चुरियाकी छोरी रिमा चौधरीले जोशीपुरबाट दिउँसो एक्लै टीकापुरस्थित छोरीको घर पुगेकी उनलाई मेडिकलमा उपचारका लागि लग्नु भएको थियो । 

 जोशीपुरबाट हिँडेर आएकी आमाको सुई लगाएको एक मिनेटमै ज्यान गएकोले मेडिकल सञ्चालकको लापरवाही देखिएकाले सञ्चालकलाई कारबाही हुनुपर्ने छोरी रिमाको भनाई छ ।

सञ्चुरियाको ज्यान गएपछि स्थानीयहरू आक्रोशित भएका छन् । यसअघिसमेत उक्त मेडिकलमा दुई जना बिरामीको उपचारका क्रममा सुई लगाए लगत्तै ज्यान गएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button